टेप्को र अन्य कम्पनीले पहिलोपटक संयुक्त आणविक उर्जा केन्द्र सञ्चालन गर्ने

18 March, 2018 13:38 | जापान | comments | 79650 Views


उत्तरपूर्वी जापानमा संयुक्त आणविक उर्जा केन्द्र सञ्चालन गर्नेबारे टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) र अन्य कम्पनीहरुले तयारी गरिरहेको स्रोतले बताएको छ ।

२०११ मार्चको भुकम्पका कारण निर्माण स्थगन भएको एओमारी प्रान्तमा रहेको हिगाशीदोरी आणविक उर्जा केन्द्र लगायत अन्य परियोजना यस योजनामा रहेका छन् ।

adsads
स्रोतका अनुसार तोहोकु इलेक्ट्रिक पावर कम्पनी , चुबु इलेक्ट्रिक पावर कम्पनी र जापान आणविक उर्जा कम्पनी यसमा सहभागी हुने अपेक्षा रहेको स्रोतले बताएको छ । हिगाशीदोरी परियोजनाको उच्च खर्च र हरेक कम्पनीको भुमिकाबारे छलफल गर्न एक समूहलाई परिचालन गर्ने कान्साइ इलेक्ट्रिक पावर कम्पनीको योजना रहेको उनीहरुले बताएका छन् ।

२०११ जनवरीमा उक्त परियोजनाको निर्माणको सुरुवात गरेको टेप्कोले संयुक्त रुपमा २०२० सम्ममा त्यसलाई सम्पन्न गर्ने आशा राखेको छ । टेप्कोमा सर्वाधिक मतदान अधिकार रहेको सरकारले उक्त परियोजना सुचारु गर्नका लागि सहयोग गर्ने अपेक्षा राखिएको छ ।

फुकुशिमा आणविक उर्जा केन्द्रको दोस्रो रिएक्टरमा भेटियो पग्लिएको आणविक स्रोत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राउटे

फेसबुक

राउटे

ट्वीटर

सामाजिक सञ्जाल

More