टोकियो ओलम्पिकको मस्कट बच्चाहरुले छनौट गर्ने

11 December, 2017 19:02 | जापान | comments | 59100 Views

जापानले २०२० टोकियो ओलम्पिक तथा प्यारालिम्पिक्सको मस्कटको रुपमा ६ वटालाई अन्तिम छनौटका लागि अघि सारेको छ र यसमा अन्तिम निर्णय बच्चाहरुको हुने भएको छ ।

आयोजक समितिले सर्वसाधारणहरुले प्रस्तुत गरेका करिब २००० बाट तीन जोडीलाइ छनौट गरेको छ । छनौटका लागि डिसेम्बर ११ देखि फेब्रअरी २२ सम्म हुने चुनावमा जापानभरका विद्यालयका ६ लाख ५० हजारभन्दा बढि बच्चाहरुले भाग लिने छन् भने यसको नतिजा फेब्रुअरीको अन्त्यसम्ममा सार्वजनिक हुने आयोजकले बताएका छन् ।

टोकियो २०२० ले खेलमार्फत बच्चाहरुको भविष्य संगठित गर्ने भन्दै यस पटक यो निर्णय बच्चाहरुमाझ सुम्पेको आयोजक समितिले बताएको छ । जोडीमा रहने मस्कटमा एकले ओलम्पिक र अर्कोले प्यारालिम्पक्सलाई प्रतिनिधित्व गर्नेछन् ।

धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!