टोकियो ओलम्पिकमा आगन्तुकको स्वागत रोबोटबाट गरिने

13 December, 2017 19:10 | जापान | comments | 59550 Views

टोकियो ओलम्पिक २०२० मा आगन्तुकहरुको सामान उठाउने देखि भाषिक समस्या समाधानका लागि सातवटा नयाँ रोबोट सार्वजनिक गर्दै एक अधिकारीले रोबोटले भरिपूर्ण एयरपोर्ट प्रवेशको अपेक्षा गर्न सकिने बताएका छन् ।

हनेडा एयरपोर्टमा प्रदर्शनमा राखिएका ७ मध्येको एक रोबोटले विभिन्न चार भाषामा लगातार व्याख्या गर्न सक्छ । आगन्तुकहरुले माइकमा बोलेपछि त्यसको उल्था एकैछिनमा स्मार्ट स्क्रीनमा देखिने छ । सानो सेतो संगको मानवयन्त्र, सिनामोनले सहयोग चाहिएको छ की भन्दै भ्रमणकर्ताहरुको नजिक आउने छ । अर्को रोबोटले एयरपोर्टबाट भ्रमणकर्तासम्म सामान पुर्याउने कार्य गर्ने छ ।

जापान एयरपोर्ट टर्मिनलका एक प्रतिनिधि युताका कुरातोमीले २०२० सम्ममा टर्मिनलहरु रोबोटले भरिभराउ हुने आशा व्यक्त गर्दै भ्रमणकर्ताले यन्त्रसंग वार्तालाप गरेको सामान्य रुपमा हेर्न सकिने प्रतिक्रिया व्यक्त गरे । आगामी टोकियो ओलम्पिकमा जापानले आफुसंग भएको विश्वकै उत्कृष्ट प्रविधि प्रदर्शनको अपेक्षा राख्ने विदेशी अवलोकनकर्ताका लागी उक्त योजना लक्षित गरिएको छ । एएफपीसंगको कुराकानीमा कुरातोमीले विदेशीहरुले जापानीहरु निकै सहयोगी छन् भन्ने सोचुन भनेर यस्तो गरिएको बताए ।

बढ्दो बृद्ध जनसंख्याका कारण न्युन हुँदै गरेको श्रमिकलाई मध्यनजर गरेर पनि जापानले रोबोटको प्रयोग गरेको हो । २०२० ओलम्पिकको आयोजकको हैसियतले विदेशबाट पर्यटकको बढ्दो चापलाई ध्यानमा राख्दै कर्मचारीको अभाव नहोस भन्ने आशामा जापान रहेको छ । जनवरी ९ देखि रोबोटहरु एक महिनाका लागि हनेडामा परीक्षणका लागि राखिने छन् ।

टोकियो ओलम्पिकमा योजनाभन्दा ३० हजार सिट घटाउने प्रस्ताव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!