टोकियो ओलम्पिकमा योजनाभन्दा ३० हजार सिट घटाउने प्रस्ताव

12 December, 2017 16:50 | जापान | comments | 19050 Views

२०२० टोकियो ओलम्पिक आयोजक र अन्तराष्ट्रिय ओलम्पिक समितिले संयुक्त रुपमा सम्मेलनको आयोजना गर्दै टोकियो ओलम्पिकका केही स्थानमा योजनाभन्दा ३० हजार भन्दा बढि सिट घटाउने प्रस्ताव गरेको स्रोतले क्योडो न्युजलाइ बताएको छ ।

प्रस्तावित कदम खर्च न्युनिकरणका लागि लक्षित रहेको र स्टेज बक्सिङ र अन्य खेलका लागि आवश्यक ठाउँको कमीका कारण भएको हो । अन्य स्थलहरुको बारेमा भने विचार भइरहेको र कम सिटका कारण धेरै स्थानमा खेल आयोजना हुनसक्ने सम्भावना रहेको छ । प्रस्तावित सिट घटाउन विचाराधिन १९६४ टोकियो आलम्पिकको नेशनल रंगशाला लगायत १२ स्थलहरु रहेका छन् ।

नेशनल रंगशालाका ८० हजार सिटलाइ ६० हजारमा झार्ने समझदारी यसअघिनै भइसकेको छ ।

टोकियो ओलम्पिकको मस्कट बच्चाहरुले छनौट गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More