टोकियो गभर्नर युरिको कोइके प्रधानमन्त्री आबेको गठबन्धनमा नजाने

14 October, 2017 14:26 | जापान | comments | 89100 Views

अक्टोबर २२ मा हुने तल्लो सदनको चुनाव पश्चात टोकियो गभर्नर युरिको कोइकेले उनको नयाँ राजनैतिक दलले प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीसंग बृहत गठबन्धन गर्ने विषयलाई अस्वीकार गर्नुभएको छ ।

सम्भावनाको बारेमा सोधिएको प्रश्नमा महानगर सरकार मुख्यालयमा कोइकेले त्यस्तो सम्भावना नरहेको बताउनुभएको हो ।

adsads
तर उनले आफ्ना योजनाहरुको सफलताका लागि आफ्नो दलले एलडिपी र अन्य दलहरुसंग सहकार्य गर्न सक्ने प्रतिक्रिया दिनुभएको छ ।

गत महिना कोइकेले एलडिपीलाइ चुनौति दिन पार्टी अफ होपको स्थापना गरेकी थिइन् । आगामी साता हुने चुनावका ४६५ स्थानका लागि पार्टी अफ होपबाट २३५ उम्मेदवार रहने छन् ।

विभिन्न संचारमाध्यमको सर्भेक्षण अनुसार कोइकेको दलले करिब ६० सिटमा विजय प्राप्त गर्ने छ भने आबेको गठबन्धन ३०० बढि सिटमा विजयी हुने सम्भावना रहेको छ ।

जापानको चुनावमा मतदाताको आशा तथा चासो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More