ट्याटुका कारण थाइल्याण्डमा समातिए जापानी ग्याङ्स्टर

12 January, 2018 13:00 | जापान | comments | 106200 Views

जापानको एक ग्याङ्गका ७४ वर्षिय सदस्यलाइ थाइल्याण्ड प्रहरीले इन्टरनेटमा ट्याटु संचार भएपछि पक्राउ गरेका छन् ।

अर्को ग्याङ्गका सदस्यको हत्यापछि १० वर्षसम्म ब्याङ्ककको उत्तरी प्रान्तमा लुकेर बसेका शिजेहारु शिराइलाइ प्रहरीले बुधबार पक्राउ गरेको हो ।

adsads
पासपोर्ट र भिसाविना गैरकानुनी रुपमा थाइल्याण्ड प्रवेश गरेकोमा उनलाइ पक्राउ गरिएको हो र उनलाइ जापान फिर्ता पठाइने भएको छ । उक्त व्यक्तिको ट्याटुबाट प्रभावित भएर थाइल्याण्डका एक नागरिकले गत अगस्तमा फेसबुकमा उनको तस्विर अपलोड गरेका थिए । उक्त पोष्ट १० हजार पटक शेयर गरिएको थियो र यसका आधारमा उनी जापानी ग्याङ्गका पूर्व सदस्य रहेको पत्ता लागेको थियो ।

प्रहरी जवान विराचाइ सङ्मेटाले वर्षको दुइ – तीन पटक जापानीहरु शिराइलाइ भेट्न आउने गरेको र उनीहरुले हरेक पटक आउँदा नगद उपहार दिएर जाने गरेको बताए । उक्त व्यक्तिले थाइ महिलासंग विवाह गरेको र पछिल्लो दशकमा सामानय जिवनयापन गर्दै आएको खुलासा भएको छ । जापानी अधिकारीलाइ जिम्मा लगाउन पूर्व शिराइमाथी गैरकानुनी प्रवेशको मुद्दा चलाइने प्रहरीको वक्तव्यमा उल्लेख छ । अभियुक्तले आफु जापानी ग्याङ्ग याकुजाको नेता भएको स्वीकार गरेको सङ्मेटाले बताए । उनले हत्याको स्वीकार नगरेको तर पिडितले आफुलाइ सताउने गरेको बताएको थाइ प्रहरीका प्रवक्ताले बताएका छन् ।

टाईगरकी बहिनीले देखाईनन् सेक्रेट ट्याटु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More