राष्ट्रपति ट्रम्प राष्ट्रपति ट्रम्प

  • राष्ट्रपति ट्रम्प
  • राष्ट्रपति ट्रम्प
  • राष्ट्रपति ट्रम्प
  • राष्ट्रपति ट्रम्प
  • राष्ट्रपति ट्रम्प
  • राष्ट्रपति ट्रम्प

ट्रम्पले हाइटी र अफ्रिकी नागरिकालाई बेकामे भनेपछि ?

12 January, 2018 21:21 | विश्व समाचार | comments | 118050 Views

डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गर्नुभएको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको समाचार छ ।

अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उनले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरको बताइएको छ ।

adsads

सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उनले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेको बताइएको छ ।

ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपर्यो भनी प्रश्न गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख छ ।

उनले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ ।
हाइटी, एल्साल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन् ।

रिपब्लिकन र डेमोक्रे्याट सांसद्हरूलाई नै राष्ट्रपति ट्रम्पले उल्टै प्रश्न गरेका थिए– किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ ल्याउनुपर्यो ? उनीहरुलाई किन अमेरिका प्रवेश गर्न दिने ?

वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रपति ट्रम्प

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More