ट्रेलरमा यस्तो देखियो सौगात र बेनिशाको ‘झ्यानाकुटी’

17 October, 2017 20:28 | कला/मनोरन्जन , कलिउड | comments | 18000 Views

नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

सिमोस सुनवारले निर्देशन गरेको फिल्मलाई नायिका निशा अधिकारी निर्माण गरेकी हुन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् ।

मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘झ्यानाकुटी’मा सौगात र बेनिशासँगै पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ ।

आफ्नो काम छोडेर श्रृष्टी श्रेष्ठको केयर गर्दै सौगात मल्ल

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More