ठगीको आरोपमा माई इन्भेष्टमेन्ट ग्रुपका सञ्चालक पक्राउ

21 May, 2018 15:13 | जन सरोकार | comments | 45300 Views

ठगी अभियोगमा माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्।

गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

adsads

गजमेरले केही समयदेखि काठमाडौँको कालिका टावरमा माई कम्पनी सञ्चालन गर्दै आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गजमेरलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। गजमेरले रकम ठगी गरेकोबारे अनुसन्धान सुरु भएको थापाले बताए। गजमेरले एक महिलालाई ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More