चित्रबहादुर केसी चित्रबहादुर केसी

  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी

ठूला भ्रष्टाचारी र तस्करलाई देखिने गरी कारवाही गर्नुपर्नेमा जोड

26 May, 2018 00:08 | राजनीति | comments | 22350 Views

चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी एकता भन्नुभयो ।

adsads

उहाँले यातायातमा भएको एकाधिकार हटाएर सरकारले राम्रो काम गरेको बताउँदै अब सत्तामा रहेका ठूला भ्रष्टाचारी र तस्करलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वार्षिक रुपमा विदेशबाट आउने रु सात खर्बले अब देशलाई धान्न नसक्ने समेत बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता रश्मिराज नेपालीले देशमा वामपन्थीको सरकार भए पनि भ्रष्टाचार, महँगी र कालोबजारी बढेको तथा राष्ट्रियता, सार्वभामिकता र अखण्डता कमजोर बनेको विचार राख्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चित्रबहादुर केसी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!