डाँगी डाँगी

  • डाँगी
  • डाँगी

डाँगीको अन्त्येष्टी २१ तारिख शुक्रबार गरिने

19 April, 2017 20:44 | जापान | comments | 21150 Views

डाँगी

गत ८ महिना अघि जापान आएका झापा शनिश्चरे ३ घर भई हाल कामता स्थित राईस सेन्टर (बेन्तो ) मा कार्यरत खेमराज डाँगीको श्रद्धान्जली सहित अन्त्येष्टि कार्यक्रम आउंदो अप्रिल २१ तारिक शुक्रबारको दिन दिउँसो २ बजे निशी गोताण्डा स्थित किरीगीया साईज्योउमा गरिने एनआरएनए जापानका उपाध्यक्ष देविलाल भण्डारीले बताउनु भएको छ ।

गत १५ अप्रिलमा असामयिक मृत्यु भएका डाँगीको अन्त्येष्टी कार्यक्रममा सहभागी भई मृत आत्मालाई भावपूर्ण श्रद्धान्जली दिनको लागि उपस्थिति भईदिन झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले अनुरोध गर्नु भएको छ । त्यस्तै उपाध्यक्ष भण्डारीले डाँगीको अस्तु यथाशिघ्र नेपाल पठाउने र यसको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो । मृतक डाँगीको श्रीमती ,६ बर्षको एक छोरा र बुवा आमा रहेका छन् ।

डाँगीको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले उनको अस्तु नेपाल लान र नाबालक छोराको पठन पाठनमा सहयोग पुर्याउनका लागि जापानस्थित संघ संस्थाहरु पेशाकर्मी, व्यवसायी लगायत समस्त सहयोगी मनहरुमा झापाली समाजले आह्वान गरेको छ ।

अन्त्येष्टी कार्यक्रमको विस्तृत विवरण
मिति : २०१७/०४/२१ तारिक शुक्रवार
समय : २:०० बजे (दिउँसो )
श्रद्धान्जली कार्यक्रम १:३० बजे (दिउँसो )
स्थान : तोक्यो तो सिनागावा कु निशि गोताण्डा ५-३२-२०
東京都品川区西五反田 ५ -३२ -२०
फोन नम्बर : ०३ -४९१ -०२१३
सम्पर्क :
देवीलाल भण्डारी ( उपाध्यक्ष – एनआरएनए जापान ) ०८०-४७१७-४८८६
चुडामणि काफ्ले ( महासचिव – झापाली समाज – जापान)
०७०-३८५०-९५९७
राजकुमार कुँवर ( मृतकको सालो )
०८०-३७०७-९७००

अार्थिक सहयोगको लागि
राजकुमार कुँवर ( खाता नं : १८१२०- ३२२३०४११)

झापाका डाँगीको टोकियोमा आकस्मिक निधन : सहयोगका लागि अपिल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More