डा. केसीको सन्देश, वार्ता गर्न चाहेको हो भने टोलीलाई जुम्ला पठाऊ

11 July, 2018 17:55 | राजनीति | comments | 5850 Views

जुम्लामा अनशनरत प्रा.डा गोविन्द केसीले सरकारले वार्ता गर्न चाहेको हो भने वार्ता टोलीलाई जुम्ला पठाउन माग गर्नुभएको छ ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहनुभएका डा. केसीले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले वार्ताको साटो त्यसलाई सम्बोधन गरे पुग्ने पनि बताउनुभएको छ ।

adsads

उहाँले भन्नुभएको छ, सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्छ । जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन, जबसम्म माग पूरा हुँदैन, तबसम्म आमरण अनशन जारी रहन्छ ।

डा. केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उहाँ बोल्न नसक्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार टेलिफोन वार्ता गर्ने भने पनि डा. केसीको स्वास्थ्य जटिल बन्दै गएकाले सम्भव भएको थिएन ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीलाई मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाब नहुनेजस्ता समस्या देखिएको छ ।

उता केसीको समर्थनमा जुम्ली महिलाले आन्दोलन सुरु गरेका छन् । उनीहरूले मंगलबार खलंगामा प्रदर्शनसमेत गरे । उहाँको समर्थन तथा सरकारलाई दबाब दिन र्‍याली निकालिएको हो ।

यसैबीचच नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबारदेखि देशभरका सबै स्वास्थ्य संस्थामा बिहान दिनहुँ एक घण्टा काम नगर्ने निर्णय गरेको छ ।

सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सी बाहेकको सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन बिहान १० देखि ११ बजेसम्म एक घण्टा काम नगर्ने निर्णय गरेको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताउनुभएको छ ।

डा. केसीको समर्थनमा जुम्लामा हतकडी लगाएर अद्र्धनग्न जुलुश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More