डा.केसीलाई कुनै पनि बेला जे पनि हुन सक्छ: चिकित्सक

13 August, 2017 00:23 | जन सरोकार | comments | 19500 Views

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका छन् ।

त्रिवि शिक्षण अस्पताल हातामा उनले जारी राखेको आमरण अनसन शनिबार २० औं दिनमा पुगेपछि उनको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले शनिबार यस्तो खतरा औंल्याएका हुन् ।

उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ ।

डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घटदो छ । उनमा निरन्तर मांशपेशी दुख्ने , टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ ।

यसै बीच शनिरबार सरकारी बार्ता टोली र केसीका प्रतिनिधि बीच कुनै पनि छलछल भएन  ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More