डा. देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद

25 April, 2018 22:30 | जन सरोकार | comments | 42750 Views

उच्च अदालत पाटनले डा. उपेन्द्र देवकोटाको छोरी अपहरणको आरोपमा  राजु थापालाई १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको इजलासले २०७१ साल असार ३१ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई केही फेरबदल गरेको हो ।

adsads
जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।

प्रहरी अनुसन्धान अनुसार, थापा अपहरणको मुख्य आरोपित थिए । उनले डा. देवकोटासँग चावी मागी गाडीमा राखेर छोरी मेघाको अपहरण गरेका थिए । उच्च अदालतले अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो । जिल्ला अदालतले डाकाको आरोपमा थापाले सफाई पाउने ठहर गरेको थियो । जिल्ला अदालतको फैसलापछि आरोपित राजु थापाले कुनै पुनरावेदन गरेका थिएनन् ।

प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा कृष्ण राई, दिल कुमार भन्ने सिद्धार्थ लामा, राजु लामा, हेमन्न भन्ने हेमबहादुर थापामगर र राजु थापाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीले उनीहरुमाथि अपहरण तथा शरीर बन्धक, डाका तथा चोरीको अभियोगमा कारवाहीको माग राख्यो । प्रहरीले उनीहरुसँग कुल विगो १ करोड ४६ लाख ३२ हजार ३६० रुपैंया मागदावी गरेको थियो ।

उक्त मुद्दामा राजु थापा बाहेकका अरु आरोपितहरुका हकमा काठमाडौं जिल्ला अदालतले २०६९ साल माघ ६ गते फैसला गर अपहरणको आरोप ठहर गरेको थियो । डाकाको आरोपमा कृष्ण राई र सिद्धार्थ लामालाई ६ वर्ष कैद र डाकाको आरोपमा २४ लाख ४८ हजार जरिवाना भएको थियो ।

अपहरणको आरोपमा समेत सबैलाई ११ वर्ष कैद र एक लाख ७५ हजार जरिवाना भएको थियो । उक्त फैसलालाई सर्वोच्च अदालतका न्यायाधीश शुसिला कार्की र जगदिश शर्मा पौडेलको इजलासले २०७३ साल बैशाख १३ गते सदर गरेको थियो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!