डा देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र

18 May, 2018 23:05 | जन सरोकार | comments | 7800 Views

नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गर्नुभयो ।

डा देवकोटाले चिकित्सा सेवालाई जनताको सहज पहुँचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा खेल्नुभएको अग्रसरता अतुलनीय भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले बताउनुभयो ।

सो अवसरमा डा देवकोटाले गरीबका छोराछोरीले सहज र सुलभ तरीकाले चिकित्साशास्त्र अध्ययन गर्न पाउने वातावरण बनाउन तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्नका लागि सातै प्रदेशमा उच्चस्तरको अस्पताल निर्माण गर्न आग्रह गर्नुभयो । पित्तनलीमा अर्बुद रोगका कारण डा देवकोटाले अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!