डा. भट्टराईको दावी- समृद्ध नेपाल नयाँ शक्तिको नेतृत्वमा

14 June, 2018 00:56 | राजनीति | comments | 7800 Views

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नेतृत्वमा मात्र समृद्ध नेपाल बन्ने दावी गर्नुभएको छ ।

सो पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उद्घाटन गर्दै उहाँलेसो दावी गर्नुभएको हो ।

adsads
त्यस क्रममा उहाँ भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”

गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएका डा. भट्टराईले भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने ठोकुवा गर्नुयभो ।

पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो ।

पूँजीवाद र साम्यवादको अभ्यास पूरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजवादको आदर्शलाई अवलम्बन गर्ने जानकारी गराउँदै उहाँले निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेकाले आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताउनुभयो ।

पार्टीका नेताहरु डा केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

डा. बाबुरामको सुझाव : पूर्वाधार निर्माण र कृषिमा क्रान्ति आवश्यक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

फेसबुक

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

ट्वीटर

सामाजिक सञ्जाल

More