डा. महतको टिप्पणी ‘यो नीति तथा कार्यक्रम पञ्चबर्षीय’

21 May, 2018 21:20 | अर्थ | comments | 37500 Views

सरकारका तर्फबाट राष्ट्र्रपति विद्यादेवी भण्डारीले सोमबार संसदको संयुक्त सदनमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले पञ्चबर्षीय नीति तथा कार्यक्रमकोा संज्ञा दिनुभएको छ ।

डा. महतले सरकारको नीति तथा कार्यक्रम एकवर्षको हुनुपर्नेमा पाँचवर्षे कार्यक्रम ल्याएको छ भन्दै सरकारले पाँच बर्षको समयावधि तोकेर योजना ल्याएका कारण यो नीति तथा कार्यक्रमलाई पञ्चबर्षीय भएको टिप्पणी गर्नुभएको छ

डा. महतले सरकारको नीति तथा कार्यक्रम अविश्वनिय रहेको भन्दै प्रधानमन्त्रीले दश बर्षमा मुलुक स्वर्ग हुन्छ भनेजस्तै शैलीमा नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

adsads

नीति तथा कार्यक्रम एउटा डिरेक्सन हो । तर यसले कार्यान्वयन गर्न सक्ने विश्वसनिय आधार देखाएको छैन भन्दै महतले अनुशासन, निष्पक्षताको ग्यारेन्टी र काम गर्ने संस्कृतिमा सुधार नल्याएसम्म नीति तथा कार्यक्रम अनुरुप विकास सम्भव नदेखिने दावी गर्नुभयो ।

डा. महतले सरकारको काम गर्ने तौरतरिका र अनुशासनहिनताका कारण कार्यन्वयनमा धेरै शंका छ भन्दै कार्यान्वयनमै शंका रहेको नीति तथा कार्यक्रम बजेटमा कसरी रुपान्तरण हुन्छ त्यसमा पनि भरपर्ने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More