Thursday 23, February 2017
नेपाली समय: 11:10:53
जापानी समय: 02:25:53

डिप्रेसन पीडित गायक बोहोरालाई जापानबाट सहयोग हस्तान्तरण

14 February, 2017


उच्च रक्तचाप तथा डिप्रेसनबाट पीडित चर्चित गायत सागर बोहोरालाई जापानमा रहेका संगीतकर्मीहरुले आर्थिक सहयोग गरेका छ्न ।
काठमाडौँं स्थित ग्राण्डी अस्पतालमा भर्ना भई उपचारार्थ गायक बोहोरालाई जापानका शुभचिन्तक तथा गायक कलाकारहरुले नगद एकलाख पचास हजार येन हस्तान्तरण गरिएको हो । हलै नेपाल पुगेका मोडल तथा गायक विनोद भण्डारीले विरामी गायक बोहोरालाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बाग्लुङ बाटाचौर घर भई गायक बोहोरा विगत केही समयता उपचारका क्रममा थिए । उपचारका लागि आर्थिक अभाव भएपछि शुभचिन्तकहरुमा सहयोगको अपील गरे पश्चात जापान लगायत विश्वभरीबाट सहयोगकार्थ अभियान संचालन गरिएको छ ।
जापानमा अभियान संचालनकर्ता मध्ये गायक नारायण कँडेलका अनुसार हालसम्म करिव दुई लाख येन संकलन भईसकेको र थप रकम समेत संकलन क्रममा रहेको जानकारी दिनुभयो ।

जसमध्ये पहिलो चरणमा सो रकम सोमवार गायक बोहोरा सहित कलाकार तथा खेलाडी जुनु पुन र रेशम बोहोरा भाइ तथा टेकेन्द्र बोहोरालाई हस्तान्तरण गरिएको थियो ।  यसैवीच गायक बोहोरा सहयोगार्थ रकम सहयोग गर्न चाहनेहरुका लागि जापानमा गायक रामकृष्ण बममल्लको खाता नम्वर १०८७०-०८२३०६०१
राखिदिनुहुन अनुरोध गरिएको छ । अन्य जानकारी तथा सम्पर्कका लागि
रामकृष्ण बम मल्ल: ०८०-३६९८-१४८४
युबराज आचार्य: ०८०-४६१०-३०७५
नारायण कंडेल: ०८०-३५४३-३८७९
सुर्य खड्का: ०८०-४६७४-३६७०
ऋषी पौडेल :०८०-३५९४-८२९९

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads