डिफिडलाई अर्थसचिव अधिकारीले सोधे स्पष्टीकरण
विखण्डनकारी गतिविधिमा लागेको आरोप खेपिरहेका राकेश मिश्राविरुद्ध बेलायत सरकारको डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट (डिफिड)ले कारबाही गर्ने भएको छ।
पहिलो राष्ट्रसंघीय आवासीय कार्यलयअन्तर्गतको विराटनगरस्थित फिल्ड अफिसमा कार्यरत छँदा र उक्त कार्यलय बन्द भएपछि डिफिडमा ‘डेमोक्रेटिक गभर्नेन्स’ परियोजनामा वरिष्ठ सल्लाहकारको हैसियतमा कार्यरत मिश्राले स्वतन्त्र मधेश आन्दोलनको पक्षमा गतिविधि जारी राखेपछी नेपाल सरकारले त्यसमा आपत्ति जनाएको हो।
बुधबार डिफिड नेपाल प्रमुख रुरिक मार्स डेनलाई अर्थसचिव शंकरप्रसाद अधिकारीले कार्यलयमा बोलाई डिफिडमार्फत मिश्राले मुलुकको अखण्डता विरोधी कारबाही जारी राखेकामा सरकारका तर्फबाट कडा आपत्ति जनाएको र त्यसो गर्नाको कारण सोधेका थिए। नेपाल सरकारको विरोधलगत्तै डिफिडले मिश्राको नाम बिहीबारको निर्वाचन पर्यवेक्षणमा दोभासेको सूचीबाट हटाएको थियो।
साथै उनीविरूद्ध आगामी केही दिनमा कारवाही हुने पनि डिफिड आवासीय प्रतिनिधिले अर्थसचिवलाई बताएको बुझिएको छ। राष्ट्र संघ फिल्ड अफिसदेखि नै विखण्डनकारी नेता सिके राउतको पक्षमा अन्तर्राष्ट्रिय शक्तिहरूसँग लबिङ गर्दै आएका मिश्राले गत साता मधेसमा निर्वाचन बहिस्कार गर्न आग्रह गर्दै निर्वाचनमा सहभागी मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोविरूद्ध अपमानजनक शब्द प्रयोग गरेपछि उनी र डिफिड दुवै विवादमा परेका हुन्।
यस्ता गतिविधिहरूका लागि मञ्च प्रदान गरेर डिफिडले आफ्नो कार्यक्षेत्र र शर्त उल्लंघन गरेको भन्दै सरकारले आपत्ति जनाएपछि डिफिड प्रमुखले सरकारलाई शर्तभित्रै रहेर विकाससम्बन्धी गतिविधि अगाडि बढाउने आश्वासन पनि दिएका छन्।
नागरिक रक्षका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुरक्षाकर्मी फिर्तासम्बन्धी प्रधानमन्त्रीकाे निर्देशन मानिएन
- बार्सिलोनाले जित्याे लगातार चौंथो पटक कोपा डेल रे
- नेपाली मूलका अमेरिकीले जिते ‘क्लार्क अवार्ड’
- ‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ – मन्त्री विश्वकर्मा
- दुई महिनामा चार बाघ मर्यो
- यसरी संसारको ‘बादशाह’ बन्यो चीन
- कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई सम्पत्ति शुद्धीकरण मुद्दा
- हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत – सोल
- चीन र भारतको मुख ताक्ने होइन, रेलमार्ग नेपाल आफैँले बनाउनुपर्छ
- ठेकेदारले रोक्यो मेलम्ची
- चौध वटा स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु
- यौन व्यवसायमा संलग्न ३४ पक्राउ
- मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग
- गोर्खाकै कारण युद्ध जित्ने बेलायतले उनीहरुलाई भेदभाव गर्न सुहाउँदैन (भिडियो)
- जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, रु ५७ लाख संकलन
- आजको राशिफल २०७५ वैशाख ९ गते आइतबार
- भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु
- प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण
- बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु
- ह्विलचेयर वितरण
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


