डिभिजन–२ : नेपाललाई पछि पार्दै नामिबिया दोस्रो स्थानमा, नेपालले क्यानडालाई हराउनै पर्ने बाध्यता

13 February, 2018 20:55 | खेल | comments | 14550 Views

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आयोजक नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाले मंगलबार भएको खेलमा केन्यालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा कब्जा जमाएको हो । नेपाल भने तेस्रो स्थानमा झरेको छ ।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीनै वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा हारेको युएईको ४ अंक छ ।

अब समूह चरणको अन्तिम दिन बुधबार नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

नेपाल शीर्ष २ मा पर्न बुधबार क्यानडालाई पराजित गर्नै पर्ने हुन्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ । नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ । यसर्थ नेपालका लागि क्यानडा विरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ।

नेपाल र क्यानडाबीच खेल बुधाबार नामिबयाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More