Sunday 26, March 2017
नेपाली समय: 01:00:28
जापानी समय: 04:15:28

डिभोर्स हुनलाई त विहे पनि हुनुपर्यो नी-दीपकराज गिरि

19 March, 2017

चलचित्र निर्माता तथा कलाकार दिपराज गिरी समसामयिक विषयमा चासो दिने र आफ्नो विचार स्पष्ट राख्ने सेलिब्रेटीमा पर्छन् । दीपक आफूलाई लागेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखिहाल्छन् ।

dipak-raj-giri

आईतबार उनले सामाजिक सञ्जालमा फेसबुकमा एक स्टेटस लेख्दै भाईरल भएको एक खबरमा असन्तुष्टि जनाएका छन् । केही दिन अघि मात्रै बिभिन्न अनलाईनहरुमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले ‘छक्का पञ्जा फेरि’ मा काम गर्न नमानेको खबरहरु प्रकाशित भएका थिए जसलाई दीपक राज गिरीले सोझौ नकारेका छन् । उनले लेखेका छन्, ‘साम्राज्ञीले ‘‘छक्का पञ्जा फेरि’’ छोडिन भन्ने खबर भाइरल भएछ

फिल्मको कथा नै तयार भै सक्या छैन, कसरी छाडिछन् ? रिलिज भईसकेको ‘छक्का पञ्जा’ नै पो छाडिन् भन्या हो की ? जब कि चल्तिका २-३ जना नायिका पहिले नै छन् फिल्ममा ति नयाँ नायिकालाई किन भजाउनु हाम्ले ? साम्राज्ञीसंग फिल्मको बिहेनै भा छैन डिभोर्सको के कुरा ? डिभोर्स हुनलाई पहिला बिहे त हुनु पर्यो ?’ ‘छक्का पञ्जा फेरि’ बन्ने कुरासँगै दीपक राज गिरीले दुई कलाकार एक नायक र एक नायिकाको छनौट हुन बाँकी रहेको र नाम चलेकै कलाकारहरुलाई सिनेमामा राख्ने कुरा गरेका थिए जसमा नायिकातर्फ साम्राज्ञिलाई अफर गएको कुरा थियो ।

तर साम्राज्ञीले अर्को सिनेमासँग ‘छक्का पञ्जा फेरि’को मिति जुधेका कारण ‘छक्का पञ्जा फेरि’मा काम नगर्ने भएको खबर केही अनलाईनहरुमा प्रकाशित भएका थिए । तर दीपकको यो भनाईले ती खबरहरु गलत भएको पुष्टि भएको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo