डिसीमा देउसी भैलो सुरु

17 October, 2017 12:43 | प्रबास | comments | 11400 Views

देउसी भैलो

विजय थापा, वाशिंगटन डिसी – अमेरिकाको डिसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो सुरु भएको छ l विभिन्न संघ तथा संस्थाहरुले घर दैलो अभियान गर्दै देउसी भैलो प्रारम्भ गरेका छन् l

अमेरिका नेपाल भन्दा समयमा पछाडी पर्ने भएता पनि यमपञ्चक सुरु हुनु अगाडी नै अमेरिकाका नेपाली समुदायलाई देउसी लागि सकेको छ l अमेरिकामा शनिबार र आईतबार अधिकांशको बिदा पर्ने हुनाले पनि अग्रिम रुपमा देउसी भैलो खेलेका हुन् l मंगलबार देखि यमपञ्चक सुरु हुने भएता पनि अमेरिकामा अक्टोबर १५ तारिख देखि नै सुरु गरेका छन् l

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ l यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ l उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी समेत बनाई अतिथिहरुलाई खुवाएका छन् l

अमेरिका नेपाल सहयोगी समाजको अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन पनि रहेको छ भने उक्त बिद्यालयमा नेपाली पढाईनु को साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ l

देउसी भैलो

यसै गरि भर्जिनियाकै सेन्टरभिलमा स्थापित नेपाली पाठशालाका विद्यार्थीहरुले भैलो देउसी को साथै नेपाली संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुति गरेका छन् l उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्ने लाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराई राखेको छ

यसै गरि गत आइतबार अक्टोबर १५ तारिखका दिन मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिर को पहलमा देउसी भैलो कार्यक्रम सुरु गरिएको छ l

एनईसीसी ले अक्टोबर १५ देखि अक्टोबर २९ तारिख सम्म देउसी भैलो खेल्ने तालिका समेत बनाई खेल्न सुरुवात गरेको छ l अक्टोबर १५ देखि एकै पटक अक्टोबर २० देखि खेल्ने त्यस पछि तिहार पछि अक्टोबर २८ र अक्टोबर २९ तारिख खेल्ने योजना बनाएको छ l

अन्य दिन छुट्टी नपर्ने हुनाले बिदाको दिन पारेर देउसी भैलो खेल्ने आयोजक संस्थाले जनाएका छन् l एनईसीसी ले बिगत ३ बर्ष देखि खेल्दै आएको छ भने अमेरिका नेपाल सहयोगी समाजले पनि पोहोर साल देखि खेल्दै आएको छ l अमेरिका नेपाल सहयोगी समाज सामुदायिक भवन निर्माण गर्न योजनामा रहेको छ l

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भोलि अक्टोबर १७ तारिख देखि सुरु हुने छ l दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ।

देउसी भैलो

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसंग मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।

तिहारको अवसरमा कोलोराडोको विभिन्न शहरमा देउसी भैलो खेलिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More