डुंगा डुब्दा क्यामरुनमा ३४ सैनिक बेपत्ता

17 July, 2017 21:31 | Homepage , विश्व समाचार | comments | 18600 Views

क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् ।
वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । सेनाले आईतबार भएको सो घटनामा उद्धार समुह भन्दा बाहिरका अरु तीन जना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।
सैन्य डुंगामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुंगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू पनि ढुवानी गरिएको थियो ।
रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुंगा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताए ।
पानीको तरंग अत्यधिक हुने ठाँउमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More