दुर्घटना दुर्घटना

  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना

डोटीमा बस दुर्घटना तीनको मृत्यु, पाँचको अवस्था गम्भीर

19 October, 2017 19:21 | जन सरोकार | comments | 75750 Views

दुर्घटना

डोटी,जिल्लाको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज(बिहिबार) बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् ।

adsads
घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी पुष्पा जेठाराको मृत्यु भएको घटनास्थलमा उद्धारमा खटिनुभएका ट्राफिक प्रहरी कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज(बिहिबार) बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै १०० मिटर तल खस्दा १३ पुरुष, चार महिला तथा चार बालबालिका घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय बिपी नगर, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । घाइतेलाई प्रहरीले उपचारका लागि धनगढीतर्फ ल्याउँदै छ ।

बाँकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ को अवस्था गम्भीर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दुर्घटना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

स्पेस

फेसबुक

स्पेस

ट्वीटर

सामाजिक सञ्जाल

More