डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारमा सिफारिस

15 June, 2018 13:59 | विश्व समाचार | comments | 26850 Views

उत्तर कोरियासंग शिखर वार्ता गरी कोरिया प्रायःद्वीपमा शान्ति कायम गर्न प्रयास गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ ।

नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

adsads

नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सा‌ंसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि सिफारिस गरेका हुन् ।

उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन्’ उनीहरुले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन् । नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More