डोनाल्ड ट्रम्पको ‘फेक न्युज अवार्ड’ न्यूयोर्क टाइम्सलार्इ

18 January, 2018 22:18 | विश्व समाचार | comments | 98550 Views

वासिङ्गटनः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार आफ्नो ट्विटर एकाउन्टमा फेक न्युज अवार्डको घोषणा गरेका छन् । यसमा न्यूयोर्क टाइम्सलाई विजेता बनाइएको छ । यो अवार्डको लामो समयदेखि प्रतिक्षा गरिएको थियो । पहिले यो अवार्डलाई ८ जनवरीमा निर्णय गरिनुपर्ने थियो । तर ट्रम्पले यसलाई सारेर १७ जनवरीमा सार्वजनिक गरेका हुन् ।

क्र्यास भयो वेबसाइट

ट्रम्पको तर्फबाट घोषणा गरिएको यो अवार्ड एबीसी न्युज, सीएनएन, टाइम र वासिङ्गटन पोस्टलाई पनि मिलेको छ । अमेरिकी जनता ट्रम्पले घोषणा गर्ने यो अवार्डको लामो समयदेखि प्रतिक्षारत थिए । ट्रम्पले अवार्ड घोषणा गरेको केही बेरमा विजेताको नाम सार्वजनिक गर्ने जिओपी डटकम वेबसाइट नै क्र्यास भएको छ ।

ट्रम्पबारे ९० प्रतिशत समाचार नकारात्मक

जिओपी डटकमले लेखेको छ, ‘२०१७ मा लगातार लगातार भेदभावपूर्ण र अनुचित खबर सार्वजनिक गर्नेको बोलवाला रह्यो । यहाँसम्म कि झुटो समाचार पनि सार्वजनिक गरियो । अध्ययनबाट पत्ता लागेको तथ्य के हो भने ट्रम्पबारे लेखिएका ९० प्रतिशत समाचार नकारात्क कोणबाट लेखिएका थिए ।’

ट्रम्पले आफ्नो ट्वीटमा लेखेका छन्, ‘धेरै भ्रष्ट र बेइमान मिडिया कभरेजका बावजुद कयौँ रिपोर्ट उत्कृष्ट पनि छन् जसको म सदैव सम्मान गर्छु । अमेरिकीका लागि कयौँ राम्रा समाचार पनि दिइएको छ, जसमा मलार्इ गर्व पनि छ ।’

वेबसाइटले विजेताको सूचीसँगै सम्बन्धित समाचारको पनि जिकिर गरेको छ । न्यूयोर्क टाइम्सका रिपोर्टर पल क्रुगम्यानको समाचार ट्रम्पको सूचीमा शीर्ष स्थानमा छ । यो ट्रम्पको ऐतिहासिक जीतको दिन छापिएको थियो । जुन समाचारमा ट्रम्पको पालामा अमेरिकाको अर्थतन्त्र कहिल्यै उभो नलाग्ने जिकिर गरिएको छ ।

एबीसी न्युजका ब्रायन रोज सूचीको दोस्रो नम्बरमा छन् । उनले आफ्नो समाचारमा ट्रम्प प्रशासन रहुन्जेल अमेरिकी अर्थतन्त्र खुम्चिने मात्र नभई धेरै तीब्र गतिमा ओरालो लाग्ने जिकिर गरिएको छ ।

सीएनएन तेस्रो नम्बरमा रहेको छ । उसले आफ्नो रिपोर्टमा भनिएको थियो, ‘राष्ट्रपतिका उम्मेदवार डोनाल्‍ड ट्रम्प र उनका छोारा जुनियर ट्रम्पसँग विकीलिक्‍सबाट ह्याक गरिएको डकुमेन्ट थिए ।’

ट्रम्पको फेक न्युज अवार्डको सूचीको चौथो नम्बरमा टाइम म्यागेजिन रहेको छ । उसले गलत रिपोर्ट प्रकाशित गरेको आरोप छ । जसमा भनिएको थियो, ‘राष्‍ट्रपति ट्रम्पले ओभल अफिसबाट मार्टिन लुथरको मूर्तिलाई हताएका थिए ।’

अर्को विश्वचर्चित पत्रिका वासिङ्गटन पोस्‍टले पनि राष्‍ट्रपति ट्रम्पको एक जुलुसको बारेमा गलत समाचार लेखेको आरोप लागेको थियो ।

वेबसाइटमा गरिएको दाबी अनुसार सञ्चारमाध्यमले भने जस्तो नभइ ट्रम्प प्रशासनको पालामा अमेरिकी अर्थतन्त्र फैलिइरहेको छ । वेबसाइटले आफ्नो समाचारमा ट्रम्प प्रशासनले अमेरिकामा २० लाख नयाँ रोजगारी सिर्जना गरेको छ । ८ ट्रिलियन डलर (करिब १०२ लाख करोड रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!