डोपिङ परिक्षणका कारण जापानी स्पिड स्केटर ओलम्पिकमा प्रतिबन्धित

13 February, 2018 15:44 | जापान | comments | 78000 Views


दक्षिण कोरियामा आयोजना हुने शीतकालिन ओलम्पिकका लागि गरिएको डोपिङ परिक्षणमा एसिटाजोलामाइड देखिएपछि जापानी खेलाडी केइ साइतो प्रतिबन्धित भएको कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सिएएस) ले मंगलबार बताएको छ ।

यस ओलम्पिकमा अन्तराष्ट्रिय ओलम्पिक समितिले गरेको सिएएसको यो पहिलो प्रतिबन्ध हो । क्योडो न्युजका अनुसार पुरुषको पाँच हजार मिटर समूहको रिलेबाट २१ वर्षिय साइतो प्रतिबन्धित भएको सिएएसले एक वक्तव्यमा बताएको छ ।

प्रशिक्षण पश्चात डोपिङ परिक्षण गरिएको जापानी ओलम्पिक समितिले पत्रकार सम्मेलनमा बताएको छ । परिक्षणको ए नमुनामा तीन दिनपछि नतिजा सकारात्मक आएको आइओसीले जापानी समितिलाइ जानकारी दिएको थियो । प्रतिबन्धबारे साइतोलाइ सिएएसले शुक्रबार सुचित गरिएपछि आइओसीले उनको नमुना बि परिक्षण गरेको थियो र उक्त नतिजा पनि सकारात्मक आएको थियो । साइतोले भने सिएएसलाइ आफुले एसिटाजोलामाइड प्रयोग नगरेको बताएका छन् ।

शीतकालिन ओलम्पिक र ओलम्पिक खेलमा उत्तर कोरियाको अहिलेसम्मको प्रदर्शन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!