डोल्पामा सीता एयरको परीक्षण उडान

15 November, 2017 23:43 | कर्पोरेट/पर्यटन | comments | 88350 Views

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको परीक्षण उडान सफल भएको छ । बुधबार नेपालगञ्जदेखि डोल्पाका लागि भएकोे पहिलो उडान सफल भएको सीता एयर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान सुरु गर्ने कम्पनीको योजना छ ।

डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको चापका आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उनले जानकारी दिए ।

तारा, गोमा, नेपाल र मकालु एयरलाइन्सले उडान भर्ने गरे पनि नियमित उडान नहुँदा सयौँ यात्रुले सास्ती भोग्नुपरिरहेको अहिलेको अवस्थामा सीता एयरबाट नियमित उडान सञ्चालन भए सुविस्ता पुग्ने सर्वसाधारणले बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!