डोल्मा बचाउ अभियानबारे एनआरएनएको स्पष्टोक्ति

5 November, 2017 20:06 | एन आर एन न्युज | comments | 17100 Views

डोल्मा

गैरआवासीय नेपाली संघले सन् २००८ मा कुवेतमा मृत्युदण्डको सजाय सुनाइएकी नेपाली चेली श्रीमती डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाउने अभियान संचालन गरेको विषयमा आएका समाचारहरुबारे स्पष्ट पारेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् प्रवक्ता भूषण घिमिरेले एक विज्ञप्ति जारी पाल सरकारसँगको सहकार्यमा ब्लडमनी बुझाउनको लागि संघले आवश्यक रकम उपलब्ध गराई डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाएर नेपाल भित्र्याउने सफलता मिलेको जानकारी पुनः गराउँदै त्यस अलावा बचेको रकमबाट डोल्मा शेर्पाको छोराको पढाइ खर्चका लागि अक्षयकोष संचालन गर्न त्यतिबेलै तीन लाख रुपैयाँ संघले उपलब्ध गराएको पनि स्मरण गराइएको छ ।

यतिखेर डोल्मा शेर्पा जेल सजाय पूरा गरी नेपाल फर्केपछि सामाजिक संजाल र मिडियामा समेत गैरआवासीय नेपाली संघ तथा अग्रजहरुको नाम जोडेर बिभिन्न समाचारहरु आएका कारण संज्ञले विज्ञप्तिमार्फत सत्य तथ्य जानकारी गराएको हो ।

विज्ञप्तिमा हालै मात्र बसेको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकले उक्त अभियानको फेरि अध्ययन गरेको र अध्ययनले गैरआवासीय नेपाली संघ र नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा सम्बन्धित दुतावासले डोल्मा बचाउ अभियानको समन्वयगरी संयुक्त कदम चालेको उल्लेख छ ।

डोल्मा बचाउ अभियानको संयोजन संघका तर्फबाट कोरियाबाट तत्कालिन अन्तर्रास्ट्रिय समन्वय समितिको केन्द्रिय सदस्य तथा पूर्व महासचिब तेन्जी शेर्पाले गर्नुभएको र अभियानमा सन् २००८ मार्चदेखि अक्टोबर महिना भित्र रु ३७,४९,७४१।६ जम्मा भएको, संकलित रकम मध्ये ब्लडमनीको लागि रु ३ लाख र रु १० लाखको गरी दुई वटा चेक परराष्ट्र मन्त्रालयलाई पठाएकोमा एउटा ३ लाखको सटही गरिएको र आवश्यक रकम नेपाल सरकारले संकलन गरिसकेकोले १० लाखको चेक मन्त्रालयले सटही गरेन र संघको खातामा नै रहेको पाइएको छ ।

सबैको संयुक्त प्रयासले डोल्मा शेर्पाले हत्या गरेको भनिएको व्यक्तिको परिवारलाई ब्लड़मनी प्रदान गरियो र उनको मृत्युदण्डको सजाय जेलमा परिणत भयो । हाल उनी जेल सजाय पूरा गरी नेपाल फर्की सकेकी छिन् । डोल्मा शेर्पाको ज्यान बचाऊ अभियान पूरा भसकेपछि ८ फेब्रुअरी २००९ मा बसेको १७ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले बाँकी रकम डोल्माको छोराको अध्ययन सहयोगको लागि तीनलाख रुपैंयाको अक्षयकोष संचालन गर्नको लागि प्रदान गर्ने र बाँकी ३१,४९,७४१।६ रुपैंया संघको आपतकालीन बैदेशिक रोजगार कोषमा जम्मा गर्ने र सोही खालका अन्य राहत कार्यमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार डोल्माको छोरालाई ३ लाख रुपैंया प्रदान गरिएको र बाँकी रकम संघको आपतकालीन कोषमा रहेको विज्ञप्तिमा जनाइएको छ । संघले यो मात्रै नभएर यस्ता विविध खाले समस्याहरुमा सक्दो मानवीय तथा अन्य आवश्यक सहयोग जुटाउँदै र उपलब्ध गराउँदै आएको जनाइएको छ ।

यसरी सहयोग जुटाउने क्रममा उठेको रकम तोकिएको कार्यमा खर्च गरी बचेमा संघको आपतकालिन राहत कोषमा राख्ने र आवश्यक पर्दा प्रयोग गर्ने प्रचलन रहेको छ ।

संघका हरेक क्रियाकलापहरु पारदर्शी बनाउन सचेत छ र आवश्यक सूचना मेडियामा उपलब्ध गराउन तत्पर छ । नेपालीका लागि नेपाली भन्ने मुल मन्त्र बोकेको संस्था आपतकालिन बाहेकका अन्य अवस्थामा पनि क्षमताले भ्याए सम्म नेपालीको सहयोगका लागि तत्पर छ र आगामी दिनमा अरु व्यवस्थित र पारदर्शी ढंगले कार्यगर्ने प्रतिबद्धता विज्ञप्तिमा गरिएको छ ।

कुवेतमा १० वर्षे जेल जीवन बिताएर घर फर्किइन् डोल्मा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More