ड्रग बेच्ने गिरोहका नाइके पक्राउ

25 April, 2018 23:01 | जन सरोकार | comments | 48300 Views

उपत्यकामा विगत लामो समयदेखि महंगा लागूऔषधको कारोबार गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले आईस ड्रग र याबा लागूऔषधका कारोबारीलाई पक्राउ गरेको हो ।

adsads

आइस ड्रगको कारोबारमा संलग्न सुरज गौचन १० ग्राम आइस ड्रगसहित पक्राउ परेका छन् । ब्यूरोका डिएसपी प्रेम शाहीका अनुसार उनी विगत १४ वर्षदेखि आईस ड्रगको कारोबारमा संलग्न व्यक्ति हुन्। यसअघि उनी तीन पटक पक्राउ परि छुटेका कारोबारी हुन् । छुटेलगत्तै उनी यही धन्दामा संलग्न हुने गर्दथे ।

उनको समूहसँग मिलेर कारोबार गर्ने बिशालनगर बस्ने नवीर मानन्धरलाई समेत प्रहरीले १० ग्राम आइस ड्रगसहित पक्राउ गरेको छ । आइस ड्रग धनाढ्य लागूऔषध दुव्र्यसनीहरुले प्रयोग गर्दछन् । जून एक ग्रामकै १० हजार रुपैयाँसम्म पर्दछ । बर्मामा उत्पादन हुने आइस ड्रग उनीहरुले भारत हुँदै नेपाल ल्याउने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्काे नयाँ किसिमको ड्रग याबासहित क्षेत्रपाटी बस्ने मुखिया गुरुङलाई ब्यूरोले पक्राउ गरेको छ । उनको साथबाट याबाको ४ सय ५५ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!