ढुंगेलको कैद मिनाहाबिरुद्ध प्रधानमन्त्रीमाथिको मुद्दा दर्ता अस्वीकृत

14 June, 2018 00:43 | राजनीति | comments | 25800 Views

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको जेल सजाय माफी भएको बिरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ

बुधबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीविरुद्धको अदालतको अवहेलना मुद्दा दर्ता गर्न अस्वीकार गरेको हो ।

ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री ओलीसमेतलाई विपक्षी बनाइ उजुरी लिएर सर्वोच्च पुगेका थिए ।

adsads

तर सर्वोच्चका सहरजिष्टार नारायण पन्थीले ढुंगेलको कैद मिनाहासम्बन्धी अर्को रिट अदालतमा कारबाहीयुक्त नै रहेकाले अर्को दर्ता गर्न नमिल्ने ठहर गरेको हो । ढुंगेलको कैद मिनाहाकै विषयमा अधिवक्ता दिनेश त्रिपाठीले जेठ १० गते रिट दायर गरेका थिए ।

अधिवक्ता भण्डारीले बालकृष्ण ढुंगेलको कैद मिनाहा गरेर सरकारले सर्वोच्च अदालतबाट भएको आदेशको पालना नगरेकाले अदालतको अवहेलना भएको दावीसहित उजुरी दायर गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More