तनहूँमा ज्वरो र रुघाखोकीका बिरामी बढे

24 May, 2018 11:12 | जन सरोकार | comments | 55200 Views

दमौली । केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ ।

adsads

मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उहाँले दिनुभयो । भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उहाँले बताउनुभयो ।

दैनिक १६० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्, डा श्रेष्ठले भन्नुभयो । बिरामीलाई साफसुग्घर भएर बस्न, उमालेको पानी खान, तातो झोल पदार्थ खान, बासी सडेगलेका खानेकुरा नखान, सल्लाह दिँदै आएको अस्पतालका डा सृजना शर्माले बताउनुभयो । दैनिक १५÷२० जना इमर्जेन्सीका बिरामीको स्वास्थ्य जाँच गर्दै आएको स्वास्थ्यकर्मी बताउँछन् ।

व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिकालगायत क्षेत्रबाट बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालले जनाएको छ । दाँतका समेत दैनिक २०÷२५ जना बिरामी आउने गरेको डा दीपेन्द्र राय यादवले बताउनुभयो ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक ऐश्वर्य भट्टराईले गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । “दूषित पानी र फोहरमैलाका कारण हुने महामारी फैलन नदिन हामीले उच्च सतर्कतासमेत अपनाएका छाँै,” भट्टराईले भन्नुभयो ।

भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More