Friday 26, May 2017
नेपाली समय: 12:36:46
जापानी समय: 03:51:46

तमुधीँ जापानले अगष्टमा रोधी साँझ आयोजना गर्ने

15 May, 2017

जापानमा हरेक वर्ष नियमिति कार्यक्रम गर्दै आएको तमुधीँ जापानले यस वर्षको रोधी साँझ आगामी अगष्ट १३ तारिक आईतबारका दिन गर्ने भएको छ।

तमुधीँ जापानको आईतबार टोकियोमा बसेको कार्यसमिति बैठकले यस वर्षपनि सदाझैँ रोधी साझ कार्यक्रम भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको महासचिव अमर गुरङले जानकारी दिनुभयो।

तमुधीँ जापानले हरेक वर्ष रोधी साँझ तथा ल्होसार कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्दै आएको छ। सोही कार्यक्रमको निरन्तरताका लागि कार्यसमितिले यस वर्ष नेपालका चर्चित कलाकारहरुको सहभागितामा कार्यक्रम आयोजना गर्ने तयारी सुरु गरेको जनाएको छ।

महासचिव गुरङका अनुसार रोधी साँझ कार्यक्रमका दिन अन्य सघंसस्थाहरुले कार्यक्रम नजुधाई दिनुहुन अनुरोध गरेको छ। तमुधीँ जापानका अध्यक्ष श्रीभक्त गुरङको अध्यक्षतामा वसेको कार्यसमिति बैठकले रोधी साँझ कार्यक्रमका लागि विभिन्न तयारी समितिहरु समेत गठन गरेको छ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo