ताप्लेजुङमा तीनवटा घरमा आगलागीः लाखाैको क्षती

5 December, 2017 21:25 | जन सरोकार | comments | 49350 Views

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा मंगलबार एकै पटक तीन घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका-३ साविकको हाङ्पाङ ९ खुवामा दिउँसो करिब १ बजे लागेको आगोले स्थानीय रुपनारायण याक्सो, देवमान याक्सो र ईन्द्रकुमारी याक्सोको घर जलेर नष्ट भएको स्थानीय नरेन्द्र अधिकारीले बताए ।

घरमा कोही नभएको समयमा अचानक लागेको आगलागीको कारण घरसहित घरमा भएका लत्ताकपडा, खाद्यान्न, रुपनारायणको १० लाख, देवमान याक्सोको १२ लाख र ईन्द्रकुमारीको एक तोला सुन सहित १५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घरका बालबालिका सबै विद्यालय गएको र अभिभावक पनि खेतमा काम गर्न गएकाले आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घरमा जोडेको विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरी र स्थानीयको अनुमान रहेको छ ।

तीन वटै घरसँगै जोडिएकाले कुन घरबाट आगो लागेको भन्ने खुलेको छैन । आगलागी भए पछि मात्रै स्थानीय र प्रहरीलाई थाहा भएकाले आगोले सबै घर जले पछि आफै नियन्त्रणमा आएको स्थानीय नरेन्द्र अधिकारीले बताए ।

यो पनि पढ्नुहोस्

सुनसरीमा आगलागी, २५ परिवारका घर जले

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More