तीनहजार वर्षमा एक चोटी फुल्ने फूल

1 November, 2017 12:43 | बिचित्र | comments | 25950 Views

फूल

विश्वभर अनेकन मिथक र मान्यताहरु प्रचलनमा रहेका छन् । यस्तै अनौठो मान्यता संसारका केही क्षेत्रमा रहेको छ । जहाँ तीन हजार वर्षमा एकचोटि फुल्ने एउटा फूलको अस्तित्व रहेको विश्वास गरिन्छ ।

त्यस फूलको संस्कृत नाम उदुम्बरा हो जसको अर्थ हुन्छ स्वर्गको फूल । त्यसो त विगत कैयौं वर्षमा संसारभरि यो फूल देखिएको दाबीहरू गरिएका छन् ।सबभन्दा ताजा मामिलामा चीनका डा डिङले सन् २००७ मा यो फूल पत्ता लगाएको बताएका छन् । उनको बगैंचामा ३८ फूलको गुच्छा देखिएको बताइएको छ ।मान्यताअनुसार, यो फूल धर्तीमा पहिलोचोटि गौतम बुद्धको जन्मको समयमा देखिएको थियो ।

त्यसपछि सन् १९९७ मा दक्षिण कोरियाको एक मन्दिरमा बुद्धको मूर्तिमा यो फुलेको बताइएको थियो । बौद्धग्रन्थहरूमा यो फूललाई विशेष महत्त्व दिइएको छ ।फूलको विशेषता भनेको यसको सुगन्ध हो । तर नांगो आँखाले यसलाई देखिँदैन । यसलाई हेर्न म्याग्निफाइङ ग्लास वा माइक्रोस्कोप नै चाहिन्छ ।

यो फूल नभएर लेसविङ कीराको अण्डा भएको पनि मान्यता छ । रुखमा यो कीराले अण्डा दिन्छ र यसबाट फूलजस्तो देखिने सुगन्धित कुरा बाहिर निस्कन्छ । तर बौद्धमार्गीहरूले भने यो फूल पवित्र ठाउँमा उत्पन्न हुने मान्यता राख्ने गरेका छन् ।

सयपत्री फूलको किनबेच

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More