तीन वर्ष भित्रमा ‘काठमाडौं भ्यू टावर’ बन्ने

3 February, 2017 12:19 | पत्रपत्रिका | comments | 27000 Views

timthumb-2

पुरानो बसपार्कमा २९ तले ‘काठमाडौं भ्यू टावर’ को निर्माण सुरु भएको छ । करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो।

निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरेको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परेपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो। गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरेपछि यसको निर्माण कार्य अघि बढेको हो। यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ। भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्ष्भित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए। ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तारै अरू तल्ला निर्माणको अनुमति दिइन्छ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे। ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ।’ उनका अनुसार अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार टावर निर्माण हुनेछ।

भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ। निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए। ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, न्युरोड लगायतको ट्राफिकजाम पनि कम हुन्छ,’ उनले भने। न्युरोडसम्म घुम्न र किनमेल गर्न जानेहरूले भ्यु टावरमै गाडी पार्किङको सुविधा पाउने उनले बताए। राजधानीमा पर्यटकीय आकर्षणसमेत बढ्ने विश्वास महानगरको छ।

टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ। टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ। टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन्। जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ। सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ। टावर निर्माण गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ। जमिनको प्रत्येक वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षै्पिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ ।

टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षै्पिच्छे तीन प्रतिशतका दरले बढ्नेछ। कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए। तीन वर्ष्भित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!