तेक्वान्दो खेलाडीलाई बाग्लुंग समाज जापानले गर्यो सम्मान

25 April, 2018 12:41 | जापान | comments | 24300 Views

नेपालबाट अन्तराष्ट्रिय तेक्वान्दो खेलमा सहभागी हुन आएका खेलाडीहरू लाई बाग्लुंग समाज जापानले सम्मान तथा बिदाई कार्यक्रम गरेको छ | जापानमा यसै साता भएको सो खेलमा भागलिन आएका स्वर्ण पदक बिजेता बिबेक श्रेष्ठ र कास्य पदक बिजेताहरू अशोक खड्का, सिद्धार्थ प्रधान, चन्दु शाही,तारजन कायत, युकेस थापा मगर र प्रशिक्षक प्रशु बोहोरालाई नगद पचास हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रवासी नेपाली मंच जापानका कार्यबाहक अध्यक्ष बाबुराम भन्डारी साथै बिशेष अतिथिहरू एनआरएन जापानका प्रबक्ता प्रशु बस्नेत, अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष एवं चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी , कानागावा कम्यूनिटीका अध्यक्ष हरि सापकोटा, रूपन्देही समाजका अध्यक्ष पशुपती गिरी, बाग्लुङ समाजका सल्लाहकार दिपेन्द्र केसी दोलखा समाज जापानका उपाध्यक्ष गिर बहादुर तामाङ ,आपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी ,र नेप्लिज तेक्वान्दो एकेडमीका अध्यक्ष अशोक खड्काले मन्तब्य राखेका थिए |

कार्यकम बाग्लुंग समाज जापानका अध्यक्ष  सिद्दार्थ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एनआरएनए एनसिसि फिन्ल्याण्ड

फेसबुक

एनआरएनए एनसिसि फिन्ल्याण्ड

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!