विद्यार्थी दीक्षित हुँदै विद्यार्थी दीक्षित हुँदै

  • विद्यार्थी दीक्षित हुँदै
  • विद्यार्थी दीक्षित हुँदै

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

17 December, 2017 18:52 | जन सरोकार | comments | 21600 Views

विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षित हुँदैछन् ।

दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने छ ।

उक्त अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने आठ जनालाई विभिन्न पदक पनि प्रदान गरिने भएको छ । समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित हुने त्रिविका परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६२ जना विद्यावारिधि प्राप्त छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिन्छ । दीक्षित हुने विद्यार्थीलाई यही पुस ९ देखि गाउन र स्कार्फ वितरण गरिने छ ।

नेपाल स्काउटको दीक्षान्त समारोह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More