थकालीहरूको महान चाड तोरन्ल्ह भव्य रूपमा मनाइयो (फोटो फिचर)

19 March, 2017 22:08 | जापान | comments | 19350 Views

1

जापानमा रहेका नेपाली थकालीहरूले महान चाड तोरन्ल्ह यस वर्ष पनि भव्य रूपले मनाएका छन । टोकियो ईकेगामी हलमा आईतबार एक समारोहका बीच तोरन्ल्ह शुभकामना आदन प्रदानसंगै स्वादिष्ठ नेपाली परिकार सहित उल्लासपूर्ण सांस्कृतिक कार्यक्रमको आयोजना गरी चाड मनाइयो ।

आइतबार साँझ महिला पुरूषले थकाली जातिय तथा मौलिक पहिरनसंगै नेपाली दौरा सुरूवाल, साडी र चौवन्दीमा सजिएका सयौको सख्यामा भेला भई रमाईलो गरे।

2

3

पहिलो चरणमा औपचारिक कार्यक्रमलाई विभिन्न अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए भने यसैसाता भएको तारो हान्ने खेलमा विजेताहरूलाई पुरस्कृत समेत गरिएको थियो। समारोहमा अन्तरचन तारा खेलमा प्रतियोगितामा प्रथम भएको शेरचन समुह, दोश्रो भएको तुलाचन र तेश्रो भएको गौचन समुहलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसि सदस्य तथा जापान मनी एक्सप्रेसका प्रमुख ओम गुरूङले तोरन्ल्हको शुभकामना व्यक्त गर्दै खेलाडीहरूलाई सम्मान सहित पुरस्कृत गर्नु भएको थियो। समारोहमा थकाली सेवा समिति जापानका संस्थापक सदस्य सरदकुमार गौचन, एनआरएनए जापानका उपाध्यक्ष टासी लामा, थकाली सेवा समितिका अध्यक्ष बुद्धि गौचन लगायतले खेलाडीहरूलाई पुरस्कृत गर्नु भएको थियो।

5

दोश्रो चरणको कार्यक्रममा विभिन्न स्थानिय कलाकारहरूले आफनो गायन कलासंगै नृत्य गरेर भरपुर मनोरंजन प्रदान गरेका थिए।

नयाँ अध्यक्षमा पुनः बुद्धि गौचन चयन
यसैबीच थकाली सेवा समाजको २७ औ साधारण सभाले पुनः बुद्धि गौचन सहित केही सदस्य बाहेक पुरानै कार्य समितिलाई सर्वसम्मत चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा शशि गौचन, उपाध्यक्षहरूमा अनिल भट्टचन, दिपक भट्टचन र गिरि प्रसाद शेरचन चयन भए भने महासचिवमा राजु शेरचन चयन भए । यस्तै सचिवमा हेमन्तकुमार शेरचन, संजिव गौचन र राजकुमार शेरचन चुनिए । यसै गरी समितिको प्रवक्तामा दिपक गौचन सर्वसम्मत चयन भए ।

यस्तै गरी कोषाध्यक्षमा अरूण भट्टचन सहित सह-कोषाध्यक्षमा लेलिन भट्टचन, घनश्याम भट्टचन, जिवन भट्टचन र यसोदा गौचन चयन भए। सदस्यहरूमा कुमार शेरचन (तामाची), अमुल गौचन, बिकल भट्टचन, कुमार शेरचन चुरूमी, नरेश गौचन, तीर्थ शेरचन, बिज्ञान गौचन, वकिल शेरचन, जितबहादुर गौचन, जयकार शेरचन, उषा तुलाचन, धन ओहता शेरचन र प्रेमिला गौचन डंगोल चयन भए।

यस्तै साधारण सभाले सल्लाहकारमा विनोद शेरचन, प्रकाश तुलाचन, रवीन शेरचन, मनोज तुलाचन, जङगु भट्टचन, बिजय गौचन, गोबिन्द तुलाचन र बबी गौचनलाई चयन गरेको छ भने मानार्थमा कियोहिको मोचिजुकी र संरक्षकमा सरदकुमार गौचनलाई चयन गरेको छ।

4

6

7

8

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More