दुर्घटना दुर्घटना

  • दुर्घटना
  • दुर्घटना

थाइल्याण्डमा कार दुर्घटनामा परी १२ जना म्यान्मालीको निधन

24 November, 2017 16:31 | विश्व समाचार | comments | 10200 Views

दुर्घटना

थाइल्याण्डमा शुक्रबार भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र एकजना थाई चालक गरी १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

म्यानमारका नागरिक थाई भ्रमणमा रहेका बेला सो भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो । उक्त कार ट्रकसँग ठोक्किन पुग्दा त्यसमा रहेका १२ म्यान्माली नागरिक र कार चालक एकजना थाइको ज्यान गएको बताइएको छ ।

सो कारका चालक रहेका थाई नागरिक पनि उक्त दुर्घटनामा परी मारिएका छन् । प्रहरीले उक्त दुर्घटनामा परी मारिएकाको पहिचान हुन नसकेको बताएको छ । थाइल्याण्डमा यहाँको बाटोको अवस्थाका कारण सडक दुर्घटना धेरै हुने गरेका छन् । यहाँ हरेक बर्ष २४ हजार जना नागरिकले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गरेका छन् ।

उक्त कारमा पर्यटकका रुपमा थाइल्याण्ड घुम्न आएका नागरिक थिए । सडकमा गुडिरहेको यो कारलाई बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । प्रहरीले मारिएका म्यान्मालीको पहिचानका लागि प्रक्रिया सुरु गरेको जनाएको छ ।

थाइल्याण्डमा बम विस्फोटमा, छ सैनिकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More