दक्षिण एसियास्तरीय विशेषज्ञ चिकित्सक सम्मेलन काठमाडौँमा हुने

22 November, 2017 20:01 | जन सरोकार | comments | 21300 Views

जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसिर ९ र १० गते काठमाडौँमा हुने भएको छ ।

जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल (जिपान) को संयोजनमा हुने दुईदिने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका करिब चारसय चिकित्सक सहभागी हुनेछन् ।

नेपालमा सात वर्षपछि हुन लागेको यो सम्मेलनमा सहभागी देशले विशेषगरी जनरल तथा इमरजेन्सी चिकित्सा क्षेत्रमा गरेका उपचार विधि तथा ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जिपानका अध्यक्ष प्राडा भरत यादवले जानकारी दिए । जनरल प्राक्टिस र इमरजेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकले सन् १९९० मा यो संस्था स्थापना गरेका थिए । त्रिविवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जले सन् १९८२ देखि पोस्ट ग्राजुएट तहमा एमडिजिपी विषयमा अध्यापन शुरु गरेको थियो ।

जिपानका महासचिव एवं सम्मेलन आयोजक समितिका संयोजक प्राडा सञ्जीव तिवारीले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन चिकित्सकको भूमिका अहम् हुने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको सम्मलेन हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More