दक्षिण कोरियाको सिओलमा अन्तराष्ट्रिय झापालि समाजको दोस्रो क्षेत्रीय भेला हुँदै

11 August, 2018 18:11 | प्रबास | comments | 6150 Views

विश्व भरी छरिएर रहेका झापालिहरुको साझा संगठन अन्तरास्ट्रीय झापालि समाजको दोस्रो क्षेत्रीय भेला दक्षिण कोरियको सिओलमा हुने हुने भएको छ । २०१७ अक्टोबरमा अन्तराष्ट्रीय झापालि समाजको झापा बिर्तामोडमा सम्पन्न प्रथम अधिवेसनबाट बनेको समितिको कार्यसमितिले बिश्वभर झापालि संगठन रहेको ५  क्षेत्रहरुमा क्षेत्रीय भेलाहरु गर्दै लैजाने निर्णय गरेको थियो ।

adsads

‘समृध्द झापा निर्माणको लागि अन्तराष्ट्रिय झापालि समाज’ भन्ने मुल नाराका साथ अगाडी बढेको समाजको २ दर्जन भन्दा बढी देशहरुमा शाखा बिस्तार भैइसकेको छ । आगामि २ वर्षभित्रमा ४० भन्दा बढी देशहरुमा शाखा बिस्तार गरिने लक्ष्यकासाथ समाज अगाडि बढीरहेको छ।

दक्षिण कोरियाको सिओल स्थित भर्खरै मात्र खोलिएको सबै भन्दा ठूलो नोभोटेल  होटलमा आउँदो सेप्टेम्बर २४,२५ र २६ तारिकमा भेला सम्पन्न हुन लागेको हो । पहिलो दिन कोरियामा झापालिहरुको पाहुनाहरुलाई स्वागत र बन्द सत्र गरिने कार्यक्रम छ भने दोस्रो दिन २५ सेप्टेम्बरका दिन प्रमुख कार्यक्रम तथा बिभिन्न रचनात्मक कार्यक्रम सहित तेस्रो दिन विभिन्न देशबाट पाल्नु भएका पाहुनाहरुलाई सिओलको पर्यटकिय स्थलहरुको अवलोकन गराइ बिदाई गराइने कुराको जानकारी अन्तराष्ट्रीय झापालि समाजकका सल्लाहकार एवं निवर्तमान उपाध्यक्ष के पि सिटौलाले  बताउनु भएको छ ।

कोरियास्थित झापालिहरु लगायत  बिभिन्न देशबाट पाल्नुहुने अथितिहरु र  स्थानीय  संघ सस्थाका प्रतिनिधिहरु, कुटनैतिक नियोग लगायत अन्य व्यापारी बुद्धीजिबिहरु सबै समेटेर झण्डै ५०० जनाको सहभागिता रहने गरि कार्यक्रमको तयारी हुँदै गरेको र कोरियामा नेपालिहरुको इतिहास मै पहिलो पटक हुनलागेको यो अन्तर्राष्ट्रिय समारोहमा सबैको साथ र आपसी सहयोगको लागि समाजका संरक्षक समेत रहेका सिटौलाले अनुरोध गर्नु भएको छ।

अन्तराष्ट्रीय  झापालि समाजको दोस्रो क्षेत्रीय भेला अत्यन्तै सफल सभ्य र भब्य रहने र महत्वपुर्ण निर्णय हुने आयोजक झापा मिलन समाज दक्षिण कोरियाका अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष राजु सन्तोषी थापा बताउनुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More