दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन

  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन
  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन
  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन
  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन
  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन
  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

21 July, 2018 00:00 | विश्व समाचार | comments | 13050 Views

 

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उहँलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो ।

adsads

उहाँले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो । यसअघि नै उहाँलाई २४ वर्षको जेल सजाय भएको थियो । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराबरको जरिवानाको सजाय सुनाइएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहनुभएको छ । सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उहाँ थुनामै रहँदै आउनुभएको छ ।

उहाँले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए । पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो । उहाँमाथि राष्ट्रपति पद्मा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो । दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More