दक्षिण जापानमा भीषण बाढी, दुईजनाको मृत्य, १८ वेपत्ता (भिडियोसहित)

6 July, 2017 17:45 | जापान | comments | 101400 Views

आकाकुरा । दक्षिण जापानमा भएको मुसलधारे वर्षापछि आएको बाढीका कारण दुईजनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना हराइरहेका छन् ।

बाढीबाट बच्न हजारौंलाई सुरक्षित स्थानतर्फ जान सरकारी अधिकारीहरुले सूचित गरिरहेका छन् । अधिकारीहरुका अनुसार बाढीका कारण घर घर बस्तीमा नदी पसेको छ । सडकहरु भत्किएका छन् भने पहिरोको खतरा पनि बढ्दै गएको छ ।

उपप्रधानन्त्री तारो असोका अनुसार यतिबेला जापान अत्यत गम्भीर स्थितिमा रहेको र पहिरो जाने खतरा बढेको छ र धेरै मानिस हराइरहेका छन् ।

बुधबार १२ घण्टाभन्दा बढी दक्षिण जापानको क्यूशु क्षेत्रमा ५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको मौसम विज्ञान एजेन्सीले बताए अनुसार यो शुक्रबारसम्म जारी रहनसक्छ । जापानमा हालैको आँधीका कारण भारी भर्षा भएर यो विनाश भएको हो ।

क्यूशूको बाढी प्रभावित क्षेत्रमा साढे सात हजार प्रहरी, उद्धारकर्मी तथा सैनिक परिचालन गरिको मन्त्रिपरिषद सचिव योशीहाइड शकले बताउनुभएको छ ।

मन्त्री शकले एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिनुभएको हो । उहाँले हराइरहेका मानिसहरुका बारेमा सही जानकारीको कमी आएको छ । हराइरहेकाहरुको संख्या यकिन गर्न सकिएको छैन । हराइरहेकाहरुमध्ये एक बालक पनि छन् ।

प्रहरी सूत्रको हवाला दिंदै एनएचके र जीजी प्रेसको रिपोर्ट अनुसार फुकुओका प्रान्तको आकाकुरा शहरमा दुईजना मृत फेला परेका छन् । स्थानीय अधिकारीहरुले फुकेओका र ओइतामा अहिलेसम्म कुल १८ जनाको खोजी गरिरहेका छन् ।

ओइतामा पहिरोका कारण तीनजना घाइते भएका छन् । भारी वर्षा र बाढीका कारण कैयौं रेल्वे लाइन बन्द गरिएको छ भने विद्यालयहरु पनि बन्द गरिएका छन् ।

फुकुओका, ओइता जलमग्न, कैयौं वेपत्ता, चार लाखभन्दा बढीलाई बस्ती खाली गर्ने आदेश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More