दलित पनि केहि गर्न सक्छन भन्ने उदारहणीय काम गरे : आरोही विश्वकर्मा (भिडियो सहित)

10 August, 2017 15:31 | अन्तरवार्ता | comments | 58950 Views

विजय घिमिरे विश्वकर्मा

विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देश तथा विदेशका नागरिकले धेरै किर्तिमान राखेका छन् ।त्यस्तै किर्तिमान राख्ने क्रममा नेपालका दलित समुदायका विजय घिमिरे विश्वकर्माले पनि सगरमाथाको सफल आरोहण गर्दै दलित समुदायमा पहिलो दलित सगरमाथा आरोही बन्नु भएको छ ।

दलित पनि केहि गर्न सक्छन भन्ने उदारहणीय काम गर्नु भएका बिजयले आफ्नो यस्तो कार्य दलितहरुको हक हितको विषयमा आवाज उठाउन मद्दत गर्ने बताउनु भयो । सगमथाको चुचुरोमा नेपाली झन्डा फहराउदा आफ्नो खुशीको सिमा नरहेको भन्दै उनले यो क्षण आफ्नो लागि अविस्मरणीय रहेको नेपाल जापान डट कमलाई बताउनु भयो । त्यस्तै जलवायु परिवर्तनले सगरमाथामा असर नपरेको बताउदै उहाँले नेपालमा दलित, जनजाती पिछडिएको वर्गमाथि ज्यादै शोषण भएको भन्दै राज्य र सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यस्तै उहाँले दलित महिलालाई पनि सगरमाथा चढाउने लक्ष्य रहेको र सगरमाथा निकै फोहोर भएको भन्दै राज्यले यस तर्फ ध्यान दिनुपर्ने भन्दै आफ्नो धारणा व्यक्त गर्नुभयो ।

यसै सन्दर्भमा रहेर दलित आरोही विजय घिमिरे विश्वकर्मा संग नेपाल जापान डट कमका लागि सन्दीप भट्टराईले गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More