दशैंका लागि पालिएका पशुमा भ्यागुतेको प्रकोप देखियो

27 September, 2014 16:18 | जन सरोकार | comments | 15150 Views

भक्तपुर र काभ्रे जिल्लासँग जोडिएको काँक्राबारीका पशुमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । भ्यागुते रोगका कारण काँक्राबारीका पशु मर्न थालेका हुन्।

भक्तपुरको नंखेल गाविसको काँक्राबारी र काभ्रेको नासिका गाविसमा दशैंका लागि पालिका पशु एक सातादेखि भ्यागुते रोगको प्रकोप फैलिएपछि मर्न थालेको स्थानीयले बताएका छन् ।

गाउँमा दशैंको मुखमा राँगो, भैँसी, खसी, बोका र ब्राखा मरेपछि कृषकहरु चिन्तित भएको स्थानीय गणेश लामाले बताउनुभयो । उहाँले भन्नुभयो ‘काक्राबारी र सँगैको नासिका गाविसका पशुमा भ्यागुते रोगका कारण दर्जनौं पशु मरिसकेको, जिउँदो पशुमा पनि रोगको संक्रमण देखिन थाल्यो, दसैमा बेच्न भनेर पालेको राँगो, भैसी र खसी पनि मरेपछि यहाँका कृषकको लाखौँको नोक्सानी भएको छ ।’

दशैं खर्च टार्न पालेको पशु बेच्नै नपाई मरेपछि गाउँलेको मासुभात नै खोसिएको स्थानीय कृष्ण तामाङले बताउनुभयो । पशु मरेर गाउँमा दुर्गन्ध फैलन थालेपछि स्थानीयले मरेका पशु प्रहरी बोलाई गाड्न थालेका छन् ।

जिल्ला पशु सेवा कार्यालयले भने भ्यागुते रोगको लक्षण देखा परेपनि ढिलो जानकारी आएकाले रोग प्रकोपको रुपमा फैलिएको जनाएको छ । कार्यालयका वरिष्ठ पशु चिकित्सक एवं प्रमुख बलबहादुर चन्दले एक सातादेखि पशुमा रोग देखा परेपनि ढिला थाहा पाएकाले रोकथामका लागि त्यसक्षेत्रमा भेटेनरी डाक्टर पठाई रोगको पहिचान गर्ने र पशुमा भ्याक्सिन लगाउन सुरु गरेको जानकारी दिनुभएको छ ।

कार्यालयले एक सातादेखि पशु मर्न थालेपछि रोग अन्यन्त्र फैलन नदिन आसपास क्षेत्रका पशुलाई समेत भ्याक्सिन लगाउन सुरु गरेको प्रमुख चन्दले बताउनुभएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More