दाङ प्रदेश नं ५ को राजधानी हुनपर्ने माग गर्दै प्रदर्शन

17 December, 2017 22:57 | राजनीति | comments | 24750 Views

बुटवललाई प्रदेश नं ५ को राजधानी बनाउन क्षेत्रका जनताले लबिङ थालेको भन्दै राजधानी दाङमा हुनुपर्ने माग गर्दै आइतबार प्रदर्शन भएको छ ।

तुलसीपुरमा जनदबाब भन्दै ¥याली निकाली कोणसभासमेत भएको छ । कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेशस्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवनसमेत तयार भएको अवस्थामा यसविपरीत बुटवल राजधानी बनाइने हल्ला चलाएकाले त्यसको पछाडि नलाग्नसमेत स्थानीयवासीलाई सचेत गराइएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश मिनेटमै नागरिकले आन्दोलन छेड्ने र केन्द्रमा घेर्नेसम्म बताउनुभयो ।

त्यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्नसमेत तयार भएको बताउनुभयो ।

महिला अधिकारकर्मी सुष्मा गिरीले दाङ प्रदेश नं ५ को केन्द्रमा रहेको, सबैभन्दा ठूलो भूगोल भएको हुँदा वैदेशिक सीमा क्षेत्रमा राजधानी राख्नु उपयुक्त नहुने तर्क गर्नुभयो । “दाङ राजधानी भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि पर्नेछैन,” उहाँले भन्नुभयो ।

त्यस्तै, सहभागीहरुले सबै क्षेत्रको केन्द्र र सबै किसिमले उपयुक्त जिल्ला दाङ रहेको तर्क गरेका थिए ।

दाङमा बम समात्ने हवल्दारको यस्तो छ जीवन कथा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More