दिलिप रायमाझीसंगै चलचित्र रमिता हेर्दा रमाए दर्शक(फाेटाे/भिडियाे)

17 July, 2018 14:42 | जापान | comments | 13200 Views

नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको चलचित्र रमिताको टोकियोमा विशेष प्रर्दशन गरिएको छ ।

जुलाई १६ तारिक सोमबार टोकियो नाकानो जिरो हलमा नायक दिलिप रायमाझीसंगै चलचित्रको रेड कार्पेट प्रिमियर सो गरिएको हो ।

adsads
निर्धारित समयमा हलमा पुग्दा खचाखच भरिएका दर्शकले नायक रायमाझीलार्इ स्वागत गरेका थिए।

जापानका युवा व्यवसायी ईश्वरीप्रसाद कँडेलको निमार्णमा तयार गरिएको चलचित्र रमितामा हेर्न टाेकियाेस‌गै सार्इतामा, खानागावा, चिवा, गुन्मा, ताेचिगी तथा सिजुअाेकासम्मका दर्शक भेला भएका थिए। पाँच सय क्षमताकाे हल खचाखच भएकाे थियाे।

चलचित्रकाे प्रर्दशन सुरु हुनु अघि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नायक रायमाझी, व्यवसायी दिपक सुवेदी, निर्माता कँडेल लगायतले रिवन काटेर कार्यक्रमकाे समुदघाटन गर्नु भएकाे थियाे।

भिडियाे:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More