दिल्ली डेयरडेभिल्सका लागि सन्दीपले लिए तीन विकेट

20 May, 2018 22:42 | खेल | comments | 26250 Views

इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेल खेलेका नेपाली खेलाडी सन्दिप लामिछानेले तीन विकेट लिएका छन् ।

आइतबार मुम्बई इन्डियन्स विरुद्धको खेलमा पहिलो ओभरमै बलिङका लागि आएका उनले चौथो बलमै विकेट लिएका थिए ।

adsads

सन्दीपले मुम्बई इन्डियन्सका ओपनर सूर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका हुन् । त्यसपछि नवौं ओभरमा बलिङा लागि आएका उनले दोस्रो र चौथो बलमा विकेट लिए । सन्दीपले नवौं ओरमा केए पोलार्ड र केएज पाण्डेयलाई आफ्नो शिकार बनाए ।

पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दिपले चौथो बलमा यादवलाई आउट गर्न सफल भए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् ।

सन्दिपको टिम दिल्ली डेयर डेभिल्सले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रक्षामन्त्री ईश्वर पोखरेल

फेसबुक

रक्षामन्त्री ईश्वर पोखरेल

ट्वीटर

सामाजिक सञ्जाल

More