दिल्ली डेयरडेभिल्सले भन्यो- “सन्दीप ब्याग अफ फिफर”

13 February, 2018 13:09 | खेल | comments | 142650 Views

विश्वका सर्वाधिक आकर्षक मानिएको प्रतियोगिता आईपिएलमा दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीप नामिबियामा जारी आईसीसी विश्व लिग डिभिजन २ मा गरेको प्रदर्शनले उनलाई विश्व क्रिकेटमा पुनः चर्चामा ल्याएको छ ।

पाँचपटक विश्वकप खेलिसकेको केन्यासंगको खेलमा सोमबार  पाँच विकेट लिएपछि सन्दीप हालसम्म सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

adsads
उनले चार खेलमा १४ विकेट लिइसकेका छन् । र विश्वका महान क्रिकेटरहरुको आँखाको नानी बनेका नेपाली युवा बलर सन्दीप लामिछाने अहिले विश्वभर छाएका छन् ।

चार खेलमा दुईपटक म्यान अफ दि म्याच भएकाा सन्दीप उनी नेपालको मात्र नभई प्रतियोगिताकै प्रमुख बलरका रूपमा देखिएका छन् । उनकै प्रदर्शनले विपक्षीलाई ठूलो स्कोर बनाउन दिएको छैन । चार खेलबाट ६ अंक बटुलेको नेपाललाई विश्वकप छनोटको नजिक पुर्‍याएको छ ।

२०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । चार खेलको समाप्तिमा क्यानडा र नेपालको समान ६ अंक छ । नेपाल रन रेटमा दोसो स्थानमा छ । यूएई र नामिबिया ४ अंकसहित क्यानडा र नेपाललाई पछ्याइरहेको छ ।

त्यसो त ०१६ मा बंगलादेशमा आईसीसी यू–१९ मा सन्दीपले नेपालबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा त्यही १४ विकेट लिएपछि धेरैको ध्यान तानिएको थियो । आयरल्यान्डसँग त उनले ह्याट्रिक विकेट नै लिएका थिए । यू–१९ विश्वकपमा यो केवल पाँच पटक सम्भव भएको छ ।

नामिबियामा सन्दीप बलिङमा आएपछिको पहिलो ओभरमै विकेट लिँदै आएका छन् । उनी नामिबिया र केन्यासँगको खेलमा ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक नै नलिए पनि उनको लेग स्पिन विपक्षीका लागि निकै भारी परिरहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार हालेको भिडियोमा उनको गुगली बल खेल्न केन्याका ब्याट्सम्यानले भेउ नपाएको देखिन्छ । सन्दीपको यो आत्मविश्वासी प्रदर्शन आईपीएलमा छनोटकै कारण बढी भएको भन्न कुनै कञ्जुस्याई गर्नु पर्दैन ।

नामिबियाकै प्रदर्शन हेर्ने हो भने पनि सन्दीप नेपाली टोलीका स्ट्राइक बलर बनेका छन् । वसन्तले ०१२ मा मलेसियामा भएको डिभिजन–४ मा २१ विकेट लिएका थिए । राष्ट्रिय टोलीबाट एकै प्रतियोगितामा नेपाली खेलाडीको सबैभन्दा बढी विकेट लिने कीर्तिमान यही हो । दुई खेल बाँकी रहँदा सन्दीप त्योभन्दा ७ विकेटले मात्र पछाडि छन् ।

सन्दीपको प्रदर्शनमा दिल्ली डेयरडेभिल्स निरन्तर समाजिक सञ्जालमा छाइरहेको छ र सन्दीप दिल्लीबाट दुई महिनापछि हुने आईपीएलमा ११ जनाभित्र रहने सम्भावना बढेको छ । उसले सन्दीपले केन्याबिरुद्ध पाँच विकेट लिएपछि “ब्याग अफ फिफर” भन्दै उनको फोटो नै ट्वीट गरेको छ ।

डिभिजन २ को खेलपछि सन्दीपको बलिङलाई निरन्तर पछ्याईरहेको दिल्ली डेयरडेभिल्सले निकै तारिफ गर्दै सन्दीपको ले केन्याको पारी धराशायी पार्ने क्रममा दुई बलमा महत्वपूर्ण दुई वकेट छारेका थिए । यसअघिको खेलमा पनि उनले त्यस्तै गरेका थिए । यो आफैंमा रेकर्ड हो ।

उनको आईपीएल टीम दिल्ली डेयरडेभिल्सले केन्याबिरुद्ध पाँच विकेट लिएपछि ट्वीट गर्दै १० ओभरमा २० रन दिएर पाँचच विकेट झारेको दृश्यलाई निकै उत्साहपूर्णरुपमा लिएको छ । हुन पनि ठूलो स्कोरतर्फ लम्किएको केन्यालाई सस्तैमा समेट्न सन्दीपकै बलले मात्र सम्भव गरायो ।

– यादब देवकोटा

सन्दीप छनोट भएपछि पारसले यसो भने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More